राजनीति


ठूलो परिमाणको लागुऔषधसहित पोखराबाट एक जना पक्राउ

ठूलो परिमाणको लागुऔषधसहित पोखराबाट एक जना पक्राउ

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १८:४०, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो।

उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

उनकाअनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १/१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए।

पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad