राजनीति


समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र बाँडिँदै : यस्ता छन् अनिवार्य चाहिने कागजात

समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र बाँडिँदै : यस्ता छन् अनिवार्य चाहिने कागजात

नेपालखबर
चैत ३, २०८२ मंगलबार ९:३२, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्दै छ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार बिहीबार बिहान ११:३० बजे आयोग परिसरमा कार्यक्रम आयोजना गरी निर्वाचित समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिइनेछ।

प्रमाणपत्र लिन आउँदा उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आजै उपलब्ध गराउन आयोगले आग्रह गरेको छ।

आयोगले राजनीतिक दलहरूबाट छनोट भई आएका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ।

गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad