नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ।
आइतबार संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताले छलफल गरेर नाम तय गरेका हुन्।
नेकपाले पाएको समानुपातिक तर्फको ८ लाख ११ हजार ५७७ मतबाट ९ जना सांसद पाउने निर्वाचन आयोगले निर्णय गरेको थियो।
सोही अनुसार नेकपाले सबै क्लष्टर मिलाएर सांसद तय गरेको हो। जसलाई आइतबार नै निर्वाचन आयोगमा बुझाइएको छ।
नेकपाले सिफारिस गरेका नामहरूमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा मगर तथा महिलाबाट बलावती शर्माको नाम पठाइएको एक नेताले बताए।
अपांगताबाट प्रेम बयकको नाम सिफारिस गरिएको छ।
जोगकुमार बर्बरिया यादवलाई मधेसी समूहबाट दलितबाट पार्वती विक र गणेश विश्वकर्मा थारु समूहबाट निराशा चौधरी डगौराको नाम तय गरिएको छ।
Shares

प्रतिक्रिया