सिक्किममा दुई देशका सेनाबीच मुक्का हानाहान भएलगत्तै लद्दाखमा भारत–चीन सीमानजिक चिनियाँ हेलिकोप्टर उडेपछि हवाई गस्ती बढाइएको भारतले बताएको छ।
‘लाइन अफ एक्चुअल कन्ट्रोल’ नजिक चिनियाँ हेलिकोप्टर आएपछि वायु सेनाका लडाकु जहाजले गस्ती गरेको भारतको सरकारी स्रोतलाई उधृत गर्दै एएनआईले जनाएको छ।
लद्दाखस्थित ले हवाई अड्डाबाट सो क्षेत्रमा भारतले हवाई गस्ती गर्ने गर्छ।
पछिल्लो समय पाकिस्तानी लडाकु विमानले पनि सीमाछेऊमा गतिविधि बढाएको भारतको भनाइ छ।
उत्तरी सिक्किमस्थित नाकुलामा केही दिनअघि भारतीय र चिनियाँ सैनिकबीच झडप हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए। एएनआई
प्रतिक्रिया