राजनीति


रुपन्देही–३ मा रास्वपाका लेखजंग थापाको सुरुवाती अग्रता

रुपन्देही–३ मा रास्वपाका लेखजंग थापाको सुरुवाती अग्रता

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ५:३५, भैरहवा

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका थापाले १ हजार ३ सय ७७ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले २ सय ४९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले २ सय ४८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले १ सय ९२ मत प्राप्त गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ मा कुल ९७ हजार ३ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना जारी रहेकाले परिणाममा थप उतारचढाव आउन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad