राजनीति


केपी ओली झापा जाँदै, यस्तो छ कार्यतालिका

केपी ओली झापा जाँदै, यस्तो छ कार्यतालिका

केपी ओली यसअघि झापा जाँदाको तस्बिर


नेपालखबर
फागुन ९, २०८२ शनिबार ९:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्। 

यही फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा झापा-५ बाट उम्मेदवार बनेका ओली आज झापाका विभिन्न स्थानमा चुनावकेन्द्रित कार्यक्रममा सहभागी हुने भएका हुन्। 

निर्धारित कार्यक्रमअनुसार उनले आज बिहान ११ बजे बिर्तामोडका होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नेछन्। 

त्यसपछि दिउँसो ३ बजे दमक स्थित गोरखा डिपार्टमेन्ट स्टोर मा हिसान, प्याब्सन र एन-प्याब्सनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। 

कार्यक्रमका क्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने एमालेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad