नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले संघीयता जोगाउन कांग्रेसलाई मतदान गर्न मधेसका जनतालाई आग्रह गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेता निधिले संघीयता खतरामा रहेको बताए। ‘यो सामान्य चुनाव होइन। संविधान खतरामा छ, लोकतन्त्र खतरामा छ। संघीयता खतरामा छ। त्यसलाई जोगाउन कांग्रेसलाई जिताउनुपर्छ,’ निधिले भने।
जेनजी आन्दोलनपछि जननिर्वाचित संसद् र सरकार नरहेको उनले उल्लेख गरे। ‘अहिले देशका मालिकद्वारा निर्वाचित संसद् छैन, सरकार छैन। आफ्नो संसद् बनाउन, आफ्नो सरकार बनाउनुपर्छ,’ उनले भने।
उनले आगामी निर्वाचनबाट गगन थापाको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए। त्यसका लागि रुखमा मतदान गर्न आग्रह गरे।
45
Shares

प्रतिक्रिया