मधेस प्रदेशको चुनावी यात्रामा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गृहजिल्ला महोत्तरीका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई भेटेका छन्।
आज बिहान बर्दिबासको एक होटलमा उनले रास्वपाबाट उम्मेदवार बनेका महोत्तरीका १, २, ३ र ४ नम्बर क्षेत्रका उम्मेदवारलाई सामूहिक रूपमा भेटेका हुन्।
त्यसक्रममा उनले उम्मेदवारहरूसँग संक्षिप्त कुराकानी पनि गरेका छन्। बालेनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा हाे। अभियानको क्रममा हिजै उनी एकडारा पुगेका थिए।
बालेन बुधबार बिहानबाट सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको चुनावी यात्रामा निस्केका छन्। हिजो उनी सप्तरीदेखि महोत्तरीसम्मको अभियानमा सहभागी भएका थिए।






249
Shares

प्रतिक्रिया