दोलखामा स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र खड्काले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गरेका छन्।
तामाकोशी–४ मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच सिवाकोटीलाई समर्थन गर्दै खड्काले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्।
उम्मेदवारी फिर्ता लिँदै खड्काले जेनजी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरेको दोलखा कांग्रेसले जनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूलाई मत नदिइ शिवाकोटीलाई मत दिन खड्काको आग्रह छ।
102
Shares

प्रतिक्रिया