नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हरेक तहमा १२ वटा समन्वयन समिति बनाउन मातहतका निकायलाई परिपत्र गरेको छ।
बुधबार कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले सातै प्रदेश, ७७ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रका सभापतिलाई परिपत्र गरेका हुन्। कांग्रेस केन्द्रले गरेको आन्तरिक परिपत्रमा तत्काल समन्वय समिति बनाएर जानकारी पठाउन भनिएको छ।
कांग्रेसले निर्वाचन अभियानलाई व्यवस्थित बनाउन पाँचदेखि सात जनाको निर्वाचन व्यवस्थापन सचिवालय बनाउन बनेको छ। त्यस्तै, निर्वाचन परिचालन मुल समिति र त्यसको मातहतमा सात वटा उपसमिति बनाउन भनेको छ।
यस्तै, निर्वाचन प्रचार प्रसार मुल समिति, स्थानीय तह समन्व्य समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघ-संस्था समन्वय समिति र धार्मिक संघ-संस्था समन्वय समिति बनाउन परित्रप गरिएको छ।
यससँगै निजी क्षेत्र समन्वय समिति, जेजनी युवाको विशेष अभियान, पूर्व आप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति बनाउन पनि कांग्रेसले निर्देशन दिएको छ।



Shares

प्रतिक्रिया