कांग्रेस नेता तथा गोरखाबाट निर्वाचित पूर्व सांसद राजेन्द्र बजगाईंले आइतबार सामाजिक सञ्जाल एक्स मार्फत आफू अब कांग्रेससँग सम्बन्ध विच्छेदको अवस्थामा पुगेको सार्वजनिक गरे। कुनै बेला गगन थापाको साथमा विशेष महाधिवेशनको वकालत गर्ने बजगाईंले कांग्रेसप्रति असन्तुष्टि किन जनाएका हुन्। नेपालखबरले बजागइँसँग टेलिफोनमा गरेको छोटो अन्तर्वार्ता:
एक्स पोष्टमा कांग्रेस छोडेँ भन्ने खालको पोष्ट देखेँ, त्यो साँचो हो ?
हो, मैले कांग्रेस छोडेको हो। हिप्पोक्रेसी र विदेशी एजेन्टसँग बस्न सकिनँ। मैले छोडेँ।
यो हिपोक्रेसी र विदेशी एजेन्ट भनेर कसलाई इंगित गर्न खोज्नु भएको हो ?
गगन थापा पार्टी सभापति हुँदा तपाइँले टिकट पाउनु भएन, यो कुरासँग तपाईंको निर्णयलाई जोडेर हेर्न मिल्छ नि हगि...?
टिकट दिने निर्णय हुनुभन्दा अगाडि नै मैले चुनाब लड्दिन भनेको हो। त्यो सानो कुरा हो।
सभापति थापासँग नमिलेको कुरा के त?
भनेपछि तपाइँको मुख्य चित्त दुखाइ यत्ति हो?
कांग्रेसमा लागेर म झन्डै मारिएको मान्छे हुँ। राम्रोलाई राम्रो भन्छु तर डबल, ट्रिपल स्ट्यान्डर्ड कुरा गर्नेविरुद्ध म लाग्छु।
कांग्रेस विशेष महाधिवेशन हुँदा गगन थापासँगै तपाइँहरु हुनुहुन्थ्यो होइन र...?
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने पहिलो मान्छे म हुँ। पार्टी सुधार्न भनेर विशेष महाधिवेशन होला भनेको त्यो भएन। हाम्रा एजेन्डा हाइज्याक भएका छन्। अब म सर्लाही–४ गएर सब कुरा भन्डाफोर गर्छु।
बजगाइँको एक्स पोस्ट :
धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु।
— Rajendra Bajgain (Raj) (@Rajgurkha) January 25, 2026
धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ,
धेरैलाई सन्तानको सुख र गास– नामसारी-गरिदिएँ,
कैयौँको जीवन जोगाईदिएँ,
एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो।
Shares

प्रतिक्रिया