राजनीति


यी दुई अनुहार, जो बन्दैछन् बागमतीबाट राष्ट्रियसभा सदस्य

यी दुई अनुहार, जो बन्दैछन् बागमतीबाट राष्ट्रियसभा सदस्य

सुनिता विष्ट
माघ ११, २०८२ आइतबार ८:८, हेटाैँडा

राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सिटका लागि आज देशका सातै प्रदेशमा निर्वाचन हुँदैछ। 

बागमती प्रदेशमा रिक्त हुन लागेका २ सिटका लागि आज प्रदेश राजधानी हेटौँडामा मतदानको तयारी भएको छ। राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेको २ सिटमा भागबण्डा गरेर उम्मेदवारी छन्। दिएका छन्। मतभारअनुसार दुई दलसँग स्पष्ट बहुमत रहेकाले कांग्रेस एमालेले खडा गरेका उम्मेदवार निर्वाचनमा विजयी हुने निश्चित प्रायः छ। 

भागबन्डामा एमालेका प्रेम दंगाल र कांग्रेसकी गीता देवकोटा उम्मेदवार बनेका छन्। दंगाल अन्य र देवकोटा महिला क्लस्टरबाट उम्मेदवार बनेका हुन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा र महिला क्लस्टरमा सरोज कुमारी झा उम्मेदवार बनेकी छन् भने नेपाल मजदुर किसान पाटी (नेमकिपा) का तर्फबाट २ जना उम्मेदवार छन्। 

नेमकिपाबाट विक्रम ढुकुछु र कविता महर्जन उम्मेदवार छन्। 

बागमती प्रदेश सभामा हाल ३६ सिट रहेको कांग्रेसको प्रदेशको स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी १०८ सिट छ। एमालेको प्रदेश सभामा हाल २५ सिट छ भने स्थानीय तहमा ६० सिट छ। 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदको मतभार अर्थात् एक मत बराबर ५३ र स्थानीय तहको प्रमुख÷उप्रमुखको एक मत बराबर १९ मतभार निर्धारण गरिएको छ। 

यो अंकगणित अनुसार प्रदेश सांसदतर्फ कांग्रेसको ३६ र एमालेको २५ गरी ३ हजार २३३ हुन आउँछ। स्थानीय तहमा कांग्रसेको १०८ र एमालेको ५९ सिट छ। 

एमालेबाट निर्वाचित भएका धुलिखेल नगरपालिकाका मेयर अशोक व्याजुले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन्। 

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन कांग्रेसबाट एक र एमालेबाट दुई सांसद र एक नगर प्रमुखले राजीनामा दिएसँगै १७८ मतभार कम भएको छ। तथापि, यसले मतभारमा ठूलो प्रभाव भने पर्ने छैन। 

स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १९ छ। यो अंकगणित अनुसार स्थानीय तहतर्फ यी २ दलको ३ हजार १७३ हुन्छ। 

प्रदेश र स्थानीय तह दुवै गरी कांग्रेस–एमाले गठबन्धनको मतभार ६ हजार ४०६ हुन्छ। दलीय अंक गणितकै आधारमा सत्ता गठबन्धनका साझा उम्मेदवार दंगाल र देवकोटाको आजबाट राष्ट्रिय सभा सदस्यको यात्रा सुरु हुनेछ। 

यता, बागमतीमा नेकपाको कुल मतभार २ हजार ५६० छ। राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएको नेमकिपाको पनि बलियो मतभार छैन। प्रदेश सभामा ३ सिट र स्थानीय तहमा २ सिट रहेको नेमकिपाको कुल मतभार १९७ मात्रै हुन आउँछ। 

यो अंकगणित हेर्ने हो भने बागमती प्रदेशतर्फबाट राष्ट्रिय सभामा एमाले र कांग्रेसको एक÷एक एक सिट सुरक्षित देखिन्छ।  

निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहको प्रमुख÷उपप्रमुख गरी ३३८ मतदाताले मतदान गर्नेछन्। कुल ३४७ मतदाता रहेकोमा प्रदेश सांसद ६ र पालिका प्रमुख तीनजनाले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रमअनुसार आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौँडा–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा मतदान हुनेछ।

मतदानका लागि दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ। मतदान सकिए लगत्तै आजै मतगणना गरिने प्रदेश निर्वाचन कार्यालय, हेटौँडाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad