राजनीति


विशेष महाधिवेशनपछि हेर्छु भन्दै गगनले मागे जेनजीसँग ‘आइडिया’ (भिडिओ)

विशेष महाधिवेशनपछि हेर्छु भन्दै गगनले मागे जेनजीसँग ‘आइडिया’ (भिडिओ)

नेपालखबर
पुस २६, २०८२ शनिबार १४:३४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछिको अवस्था र आगामी रणनीति तय गर्न प्रतिनिधिसभाको निर्वाचनअघि नेशनल डायलग आयोजना गर्ने तयारी गरिरहेको बताएका छन्।

शनिबार दिउँसो फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै थापाले जेनजी मुभमेन्टपछि राष्ट्रिय पुनर्निर्माणका विषयमा राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गर्न लागिएको बताएका हुन्।

यसका लागि आफूले तयारी गरिरहेको उल्लेख गर्दै उनले सुझाव दिन आग्रह गरेका छन्।

अहिले आफू पार्टीको विशेष महाधिवेशनको दौडादौडमा रहेको जनाउँदै महाधिवेशन सकिएपछि मिलेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

‘म पार्टीको विशेष महाधिवेशनको दौडादौडकै बीचमा केही मिस नहोस् भनेर यो छोटो भिडिओ सन्देशमार्फत केही भन्दै छु। जेनजी मुभमेन्टले ब्युँताएको राजनीतिक दल र स्टेकहोल्डरबीच नेसनल लेभलको डायलग हुनुपर्छ भनेर केही दिनअघि पोस्ट गरेको थिएँ,’ उनले भनेका छन्।

थापाले अगाडि भनेका छन्, ‘त्यसमा केहीले सुझाव दिनुभएको छ। केहीले हामी पनि केही गर्न सक्छौँ भनेर सोध्नुभएको छ। म केही सिक्न पनि चाहन्छु। केही आइडिया दिनुभयो भने म मेरो विशेष महाधिवेशनको दौडादौड सकेर त्यसलाई हेर्छु।’

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad