राजनीति


नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (नामावली)

नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (नामावली)

प्रेम सापकोटालाई राष्ट्रियसभा उम्मेदवारको टिकट प्रदान गर्दै प्रचण्ड


नेपालखबर
पुस २३, २०८२ बुधबार १२:५७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ।

नेकपाले १८ वटै पदमा एकल उम्मेदवारी दिनेगरि सातवटै प्रदेशमा उम्मेदवारी टुंगो लगाएको हो। 

कांग्रेस र एमालेसँग सहमति नभएपछि नेकपाले एक्लै निर्वाचन लड्नेगरि उम्मेदवार टुंगो लगाएको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। 

कांग्रेस, एमाले र जसपा नेपालले भने राष्ट्रिसभाका १८ सिटमा गठबन्धन गरेर निर्वाचन लड्नेगरि भागबन्डा गरेका छन्। 

यी तीन दलबीचको सहमतिसँगै प्रचण्ड नेतृत्वको नेकपाले एक्लै उम्मेदवारी दर्ताको तयारी गरेको हो। 

नेकपाले कांग्रेस र एमालेसँग चुनाव हुन लागेका १८मध्ये चार सिटमा दाबी गरेको थियो। तर, कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन नसकिने बताएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको हाे। 

तीन दलबीच कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा भएको छ। सोही अनुसार आज उनीहरूले सात प्रदेशबाट १८ सिटमा उम्मेदवारी दर्ता गर्दैछन्। 

यी हुन् नेकपाका उम्मेदवार 

कोसी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने।

मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल।

बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा।

गण्डकी
कपिल लामा।

लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक।

कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा।

सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad