राजनीति


दुर्गा प्रसाईं र प्रधानमन्त्रीबीच भेटवार्ता

दुर्गा प्रसाईं र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालखबर
पुस १७, २०८२ बिहिबार १५:२१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ।

प्रसाईंको टोलीसँग प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेकी हुन्।

प्रसाईंले आफूहरूले राख्दै आएका मागको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। यसअघि पनि प्रसाईंको समूहसँग सरकारले पटकपटक वार्ता गरेको थियो।

प्रसाईं समूहले राखेका मागबारे थप छलफल गर्नका लागि आज वार्तामा बसेको प्रसाईंको सचिवालयले जनाएको छ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल लगायत सहभागी छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad