काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र भौतिक पूर्वाधार, ऊर्जा र शहरी विकासमन्त्री कुलमान घिसिङ फेरि छलफलमा बसेका छन्।
कुलमान निकट एक नेताका अनुसार बेलुका साढे ८ बजेदेखि छलफल भएको हो।
‘मेयर साब र मन्त्रीज्यूबीच साढे ८ बजेदेखि छलफल भइरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘एउटा टुंगोमा पुग्ने भन्ने छ।’
उनको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीका नेताहरूसँग निवासमै समानुपातिक सूची तयार पारिरहेका बेला बालेनसँग महत्त्वपूर्ण छलफल गर्नुछ भन्दै घिसिङ बाहिरिएका थिए।
बिहीबार विहान पनि आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर ज्वागलमा रहेको निवासमा पनि बालेन र कुलमानबीच छलफल भएको थियो।
बुधबारबाट देशविकास पार्टीलाई अगाडि बढाउने कसरत थालेका बालेन बिहीबार बिहानै उज्यालो नेपालका कुलमान घिसिङसँग वार्तामा बसे।
वार्ता निष्कर्षउन्मुख पुगेको घिसिङ निकट एक नेताले नेपालखबरलाई जानकारी दिएका छन्।
निर्वाचन आयोगमा उनेपा र देशविकास पार्टी छुट्टा छुट्टै दल दर्ता भइसकेको छ।
Shares

प्रतिक्रिया