नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसारभरिका विरोधीहरूले आफूलाई एक्लो व्यक्ति झैँ बनाउँदै निरन्तर आक्रमण गरिरहेका बेला पार्टीभित्रका सहकर्मीहरूले अझै बलियो साथ र माया देखाउनुपर्ने बताएका छन्।
आइबार ११ औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले भने,‘दुनियाँ विरोधीहरूले लखेटेर अरू कोही नपाएजसरी केपी ओली एक्लो व्यक्तिलाई गालीगलौज र सत्तोसराप गरिरहेका बेला वरिपरिका प्रिय कमरेडहरूले झन् माया गर्नुपर्ने होइन र?’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलतर्फ लक्षित गर्दै ओलीले आफूलाई ‘डोकोमा हालेर फाल्छौँ’ भन्नेले पछि अरुलाई पनि बाँकी नराख्ने टिप्पणी गरे।
‘कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने फेरि साथीहरूले ईश्वर कमरेड डोको फिर्ता लैजाऊँ है, तपाईँलाई पनि फाल्नुपर्छ भन्छन्,’ उनले भने, ‘मेरो तर्फबाट घच्चमच्च भएको छ भने सरी।’
Shares

प्रतिक्रिया