सर्वोच्च अदालतले मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो। उनी नेकपा (एमाले)को नेतृत्वमा सरकारमा मन्त्री बनेकी थिइन्।
पार्टीको निर्णयविना एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राप्रपाले सांसद विच्छालाई कारबाही गरेको थियो। त्यसविरुछ उनले मंसिर २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिएन्।
त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले विच्छाको पक्षमा आदेश दिएको हो। यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ।
9
Shares

प्रतिक्रिया