नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको गुण्डुमा बन्न लागेको ‘ओली कुटी’को बचाउ गरेका छन्।
उनले फेसबुकमार्फत आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली कुनै जोगी नभएकाले उनका लागि बनिने घरलाई लिएर अनावश्यक हल्ला फैलाउन नहुने बताएका छन्।
बस्नेतका अनुसार ओलीका लागि २-३ कोठाको घर बनाइन्छ भन्ने कुरा यदि ‘अपेक्षा’ का रूपमा गरिएको हो भने अव्यावहारिक छ।
‘कृपया टाउको नदुखाउनुहोस्, अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र जिम्मेवारीअनुसार नै निर्माण हुँदैछ,’ उनले लेखेका छन्।
उनले आगामी संरचना सीमित समर्थक र शुभचिन्तकहरुको योगदानबाट, विशेषगरी गुण्डु तथा भक्तपुरवासीको सहभागितामा बन्ने जानकारी दिए। कुटी, आश्रम वा जे नाम राखे पनि त्यो केवल नामाङ्कन मात्रै हो रहेको उनको भनाइ छ।
एमाले फुटेको बेला ओली ‘बार्दली गएका’ भनेर व्यंग्य गरिएको भन्दै बस्नतेले लेखेका छन्, ‘त्यही बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन कायम गर्ने व्यक्ति केपी ओली नै हुन्।’
अहिले ‘राजनीतिबाट कुटी पुगे’ भनेर टिप्पणी गर्नेहरूले राष्ट्रियता, विकास, समृद्धि र पुनर्निर्माणका काम ओलीले कुटीबाटै गर्न सक्ने क्षमता राख्छन् भन्ने बुझ्नुपर्ने बस्नेतका जिकिर छ।
Shares

प्रतिक्रिया