राजनीति


निर्वाचनका लागि १२० दलको निवेदन

निर्वाचनका लागि १२० दलको निवेदन

नेपालखबर
मंसिर १४, २०८२ आइतबार २१:२२, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक सय २० दलले निवेदन दिएका छन्।

निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएको थियो। त्यसपछि आयोगले चार दिन समय थपेको थियो। थपिएको समय पनि आज सकिएको हो। 

आजसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी एक सय २० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। निवेदनमाथि जाँचबुझ गरी मंसिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad