राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्।
उनले आइतबार पार्टी महामन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेर पदबाट राजीनामा दिएका हुन्।
पार्टीका विभिन्न समस्याबारे केन्द्रीय नेतृत्वलाई सचेत गराउँदै आएको भएपनि कुनै स्पष्ट, प्रभावकारी मार्गदर्शन प्राप्त नभएको उनले पत्रमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक तथा धेरै अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस,समयानुकूल र नीतिगत निर्देशन मागेँ। तर यति बेला कुनै पनि स्पष्ट,प्रभावकारी वा उत्तरदायी मार्गदर्शन प्राप्त हुन सकेन।’
‘यस्तो परिस्थितिमा जिल्लाको नेतृत्वमा बसेर निर्वाचन क्षेत्र,पालिका र वडाका हजारौँ कार्यकर्ता,मतदातालाई निरन्तर आश्वासन,भरोसा र मार्गदर्शन दिएको व्यक्ति भएर उनीहरूलाई गुमराहमा राखिरहनु मेरो नैतिक मूल्य,राजनीतिक सिद्धान्त र व्यक्तिगत विवेकले स्विकार्न सक्दैन’ राजीनामा पत्रमा उल्लेख छ।


Shares

प्रतिक्रिया