राजनीति


आम सञ्चारमाध्यमलाई टिक्न गाह्रो हुने अवस्था आएको छ : सञ्चारमन्त्री खरेल

आम सञ्चारमाध्यमलाई टिक्न गाह्रो हुने अवस्था आएको छ : सञ्चारमन्त्री खरेल

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १३:३४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल आम सञ्चारमाध्यमहरूलाई टिक्न कठिन अवस्था आएको बताएका छन्। सामाजिक सञ्जालको प्रभावका कारण परम्परागत सञ्चारमाध्यमहरू चुनौतीमा परेका भन्दै उनले ती चुनौती चिर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

आइतबार काठमाडौँमा आयोजित सार्वजनिक सेवा प्रसारण नेपाल र एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले भने, ‘अबको दिन बडो चुनौतिपूर्ण छ। आम सञ्चारमाध्यमलाई टिक्न गाह्रो छ, थेगिन गाह्रो छ, काम गर्न गाह्रो छ। व्यवसायिकतामा धेरै प्रश्न छन्।’

उनले एनटिभी वर्ल्डले नेपाललाई विश्वसामु चिनाउन र बाँकी विश्वलाई नेपालको दृष्टिकोणबाट हेर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। ‘यो च्यानलले नेपाल र नेपाली मात्र होइन, विश्वलाई पनि नेपालको आँखाबाट हेर्न योगदान पुर्‍याउनेछ,’ मन्त्री खरेलले भने।

सामाजिक सञ्जालको दवदवाले परम्परागत सञ्चारमाध्यमलाई असर पुर्‍याएको बताउँदै उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले आफ्नो प्रस्तुति र सामग्रीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण संस्थालाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। ‘यो चुनौतीपूर्ण यात्रामा सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रसारणलाई आवश्यक सहयोग र समर्थन गर्न तयार छ,’ उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad