राजनीति


बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १८:५२, भक्तपुर

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन्। बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन्। 

फरार भएकामध्ये हालसम्म १५ जनालाई  विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। बाँकी रहेकाहरूलाई पक्राउ गर्नेगरी खोजी भइरहेको उनले जानकारी दिए। 

सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad