काठमाडौँमा भएको जेनजीको प्रदर्शन अहिलेसम्म जारी नै छ। काठमाडौँको बानेश्वरदेखि माइतीघर क्षेत्र तनावग्रस्त छ।
बबरमहलमा रहेको विशेष अदालतमा साढे ५ बजेसम्म इजलास चलिरहेको थियो। न्यायाधीशहरू बाहिर निस्किन खोज्दा अवस्था तनावग्रस्त देखियो। नजिकैको जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको छ। त्यसैले विशेष अदालतका ६ जना न्यायाधीश र केही कर्मचारी अहिले पनि कार्यालयमै रोकिएका छन्। उनीहरू निवास फर्किन सकेका छैनन्।
‘हामी कार्यालयमै छौँ, कतै गुहार माग्न पनि सकेका छैनौँ,’ अदालतका एक अधिकारीले भने।
नजिकैको जिल्ला अदालतका सबै न्यायाधीशहरू भने घर गइसकेको स्रेस्तेदार तीर्थराज भट्टराईले बताए।
2.9k
Shares

प्रतिक्रिया