ad ad

राजनीति


भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु : ज्ञवाली

भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु :  ज्ञवाली

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १०:१७,

भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताए ।

आयोगका नियुक्त पाएलगत्तै पत्रकारसँग कुरा गर्दै अध्यक्ष ज्ञवालीले गरिब, भूमिहीन, पीडित र भूमिमा रगत पसिना बगाउनेहरुप्रति आफ्नो आँखा परिरहने बताए। उनले भने, ‘भूमिहीन जनताको सर्वोपरी हितलाई ध्यानमा राखी काम गर्नेछु।’ संविधानले दलित, उत्पीडित, भूमिहीन जनतालाई समेत भूमिको अधिकार मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अध्यक्ष ज्ञवालीले संविधान प्रदत्त अधिकार उपयोग गर्न कोही वञ्चिन नरहने बताए।

भरतपुर महानगरपालिकाको प्रमुख पदमा तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार बनेका ज्ञवाली झिनो मतअन्तरले तत्कालीन नेकपा (माओवादी) का रेनु दाहालसँग पराजित भएका थिए। ज्ञवालीसँग तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख भएर काम गरेको अनुभव छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .