राजनीति


विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने पक्षमा गोकुल बाँस्कोटा

विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने पक्षमा गोकुल बाँस्कोटा

एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा


नेपालखबर
असार २२, २०८२ आइतबार १९:५९, काठमाडौँ

पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधरले रोक्ने प्रयास गरिरहेका बेला पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले भने निषेध गर्न नहुने बताएका छन्। 

पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत पार्टीमा निषेध लागु हुन नसक्ने चेतावनी दिएका हुन्। 

उनले घुमाउरो भाषामा लेखेका छन्,  ‘०३९-४५, ०४७-४९, ०५२-०५४, ०५८-५९, ०६५, ०७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो। अरूमा संलग्न भइयो, भोगियो। को कस्ता थिए, कता थिए र छन्? त्यो पनि थाहै छ। मेरो भनाइ यत्ति छ- केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस्। पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन।’

बाँस्कोटाले सामाजिक सञ्जाल एक्समा गरेको उक्त पोस्टमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पनि समर्थन गरेकी छन्। 

उनले कमेन्टमा लेखेकी छन्, ‘यो लाइन मन पर्‍यो दाइ कमरेड।’

पहिले अध्यक्ष ओलीनिकट मानिने पोलिटब्युरो सदस्य बाँस्कोटाले केही समययता भने फरक मत राखिरहेका छन्।

यसअघि पनि उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘म झोले हो’ अभियान चलाउँदा आफू झोले नभएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad