नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीको विधान संशोधनका लागि विभिन्न प्रस्ताव पेस गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता रिजालले पार्टी महाधिवेशन कहिले हुन्छ भनेर विवादमा नलागि केके गर्ने भनेर प्रस्ताव गरेका हुन्।
'पार्टीको महाधिवेशन कहिले हुन्छ के हुन्छ भन्ने विवाद छ। यसरी पार्टी बन्दैन। पहिलो चरणमा महाधिवेशनको निर्वाचन गरौँ। महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,' उनले भने, 'सभापतिको कार्यकाल तत्काल होइन आम निर्वाचनपछि सुरु हुन्छ। त्यो बेलासम्म विधान संशोधनसहितका प्रस्ताव लिएर जाने। जस्तो पार्टी बनाउन खोज्या हो, कतिवटा निर्वाचन गराउन खोज्या हो, कतिवटा तह राख्न खोज्या हो प्रस्ताव गरेर छलफल गरौँ। आम निर्वाचनपछि मात्रै पार्टी कामका लागि महाधिवेशन गरौँ।'
Shares

प्रतिक्रिया