राजनीति


संसद्‍मा रास्वपा र राप्रपाको आज पनि अवरोध

संसद्‍मा रास्वपा र राप्रपाको आज पनि अवरोध

नेपालखबर
असार ५, २०८२ बिहिबार १३:१८, काठमाडौँ

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेका छन्।  

बैठक हुने बित्तिकै रास्वपाका हरि ढकाल र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेर अवरोध कायमै रहेको बताए। 

लगत्तै रास्वपा सांसदहरुले यसअघि झै वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन्। 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै गत जेठ १३ गतेदेखि राप्रपा र रास्वपाले संसद् बैठक अवरोध गरिरहेका छन्।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरुले संसद् बैठक बहिस्कार गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad