राजनीति


प्रचण्डलाई सभामुखले भने- सदन खोल्नुपर्‍यो, प्रचण्डको जवाफ- प्रयत्न गर्दैछु

प्रचण्डलाई सभामुखले भने- सदन खोल्नुपर्‍यो, प्रचण्डको जवाफ- प्रयत्न गर्दैछु

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १६:२, काठमाडौँ

प्रतिनिधिसभाको अवरोध हटाउनबारे सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफल सकिएको छ। 

छलफलमा सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन प्रचण्डलाई आग्रह गरेका थिए। 
छलफलमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेलाई उदृत गर्दै भने, 'सदन छिटो खुलाउनु पर्‍यो। धेरै भइसक्यो।'

जवाफमा प्रचण्डले आफूले प्रयास गरिहेको जवाफ दिएका थिए।

पाण्डेले प्रचण्डलाई उदृत गर्दै भने, 'सदन खुलाउने विषयमा म सिरियस नै छु। प्रयत्न गरिरहेकै छु।' 

भिजिट भिसा प्रकरणमा रमेश लेखकमाथि छानबिन गर्नुपर्ने विपक्षीले अडान राख्दा जेठ १३ गतेदेखि यता प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। आज पनि दिउँसो ३ बजेका लागि डाकिएको बैठक ४ बजिसक्दासमेत सुरु हुन सकेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad