राजनीति


संसद् अब त खुल्नुपर्ने हो : देउवा

संसद् अब त खुल्नुपर्ने हो : देउवा

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १४:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद् सुचारु हुने बताएका छन्। 

जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको समेत उल्लेख गरे।

‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ,’ देउवाले भने, ‘यो राम्रोसँग चलिरहेको छ। बजेटबाट कोही खुसी हुँदैनन्। आलोचना त भइरहन्छ, के भयो र? कतिपय कुराहरुमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ। अब त खुल्नुपर्ने हो। अब खुल्छ। किन राजीनामा दिने भन्या?’

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने समेत उनको दाबी छ।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad