राजावादीको आन्दोलनका कारण माइतीघर–बबरमहल सडकखण्ड अस्तव्यस्त बनेको छ। प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो। सडक नै कब्जा गरेर उनीहरूले प्रदर्शन गरेपछि सवारी आउजाउ ठप्प भएको थियो।
राजावादीले बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका थिए । आज भने राजेन्द्र लिङ्देन, कमल थापासहितका नेताहरू बबरमहल क्षेत्रमा आएका हुन्। उनीहरू गणतन्त्रको विकल्प खोज्न ढिला गर्न नहुने र विकल्पमा राजतन्त्र आवश्यक भएको बताउँदै आएका छन्।













246
Shares

प्रतिक्रिया