राजनीति


गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ: माओवादी

गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ: माओवादी

नेपालखबर
जेठ १२, २०८२ सोमबार १२:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ। बैठकपछि माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालीलाई भिजिट भिसामा विदेश पठाएर ठगी गरेको आरोप लागेका गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय भएको बताएका हुन्। 

'अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाउने कार्यमा गृहका कर्मचारी जोडिएका छन्,' उनले भने, 'सबैतिरबाट यो विषय आइरहेको छ। नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। कांग्रेसभित्रैबाट पनि मागिएकोछ। राजीनामा दिएर मार्ग प्रशस्त पार्नुपर्छ। पावर पहुँच प्रयोग हुन नपाओस्। निष्पक्ष स्वतन्त्र छानबिनका लागि। जति ढिलो भयो उति राज्यको शाख गिर्छ।'

त्यस्तै बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झनझन राम्रो हुँदै गइरहेको निष्कर्ष निकालेको उनले सुनाए।  

'मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झनझन राम्रो हुँदै गएको छ। हुलाकी पनि धेरै राम्रो भएको थियो। यो चरण पोखरामा हिजो समापन गरियो अब नयाँ फेरि सुरु हुन्छ,' उनले भने, 'यो अभियान प्रभावकारी भएको निष्कर्ष छ। जनताको उपस्थिति आकर्षण गुणात्मक ढंगले बढिरहेको छ। राष्ट्रिय एकता जनतन्त्र जनजीवीका राजनीतिक सामाजिक सांस्कृतिक वैचारिक बहसका लागि राम्रो भएको छ।'

त्यस्तै आज नै गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाद समाजवादी पार्टी र विजय सैजु नेतृत्वको नेपा राष्ट्रिय पार्टीसँग एकता कार्यक्रम तय भएको सापकोटाको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad