राजनीति


रास्वपाले बोलायो संसदीय दलको बैठक, गृहमन्त्रीबारे छलफल गर्ने

रास्वपाले बोलायो संसदीय दलको बैठक, गृहमन्त्रीबारे छलफल गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८२ सोमबार १२:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

बैठक दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने छ। 


पार्टीका कार्यवहाक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको बिषय र त्यसलाई संसद्मा प्रभावकारी रुपमा उठाउनेबारे छलफल हुनेछ।


रास्वपाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad