राजनीति


संसद्‍मा हितराज पाण्डेको माग- विद्युत् प्राधिकरणको आर्थिक अवस्था जानकारी गराउन सरकारलाई रुलिङ होस्

संसद्‍मा हितराज पाण्डेको माग- विद्युत् प्राधिकरणको आर्थिक अवस्था जानकारी गराउन सरकारलाई रुलिङ होस्

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १२:५९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गरेका हुन्।

प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको उनले बताए।

पाण्डेले भने, ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रवन्ध निर्देशक र वर्तमान प्रवन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनु भएका प्राधिकरणको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना गरेको छ।’

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गरेका थिए।

प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गरेका थिए।

तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दैै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेका छन्।उनले अहिले प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको दावी गरेका छन्।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad