राजनीति


सरकारले भन्यो– आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

सरकारले भन्यो– आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १९:४, काठमाडौँ

सरकारले आतंकवादविरुद्धको लडाइँमा नेपालले सधै साथ दिने बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।

छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने समेत सरकारले प्रतिबद्धता जनाएको छ।

नेपालले भनेको छः

नेपाल सरकार भारतको पहलगाममा २२ अप्रिल २०२५ मा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच चर्किंदै गएको तनावप्रति निकै चिन्तित छ। उक्त दुःखद घटनामा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए। यस दुःखद घडीमा नेपाल र भारत एक आपसमा ऐक्यबद्धतासाथ उभिएका थिए।

यस सन्दर्भमा सम्झन योग्य कुरा के छ भने नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्कालै स्पष्ट रुपमा निन्दा गरेको थियो, जुन सबै प्रकारका आतंकवाददविरुद्धको नेपालको दृढ धारणा अनुरूप हो। नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँगै उभिन्छ। आफ्नै सिद्धान्तमा अडिग रही, नेपालले कहिल्यै पनि आफ्नो भूमि छिमेकी मुलुकहरूविरुद्ध प्रयोग हुन दिने छैन।

नेपालले तनावको स्थिति शान्त होस् भन्ने आशा राखेको छ र यस क्षेत्रको दिगो शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad