राजनीति


राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्णः राष्ट्रपति

राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्णः राष्ट्रपति

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १७:१९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन्।

बुधबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति निवास शीतल निवासमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताए।

नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भूमिका महत्वपूर्ण भएको उनको भनाई थियो। स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उनले बताए।

उनले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको धारणा राखे। उनले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र  सचेत बन्नुपर्नेमा जोड दिए।

उनले भने, ‘सत्यतथ्य समाचार संप्रेषण गरेर जनतालाई सुसुचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने विश्वास लिएको छु। समाचार लेखेकै आधारमा पत्रकार असुरिक्ष हुने अवस्थाको अन्त्य हुनु पर्छ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारितले समाजमा भ्रम सिर्जना अग्रसर भएको बताए। उनले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनपर्नेमा जोड दिए।

सामाजिक सञ्जालमा सम्प्रेसण भएका सामग्रीबाट आमसर्वसाधारणमा पार्नसक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उनको भनाइ छ।   

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भुमिका खेल्नुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad