राजनीति


जब प्रचण्डले कुलमानको कुरा निकाले, कान्छारामले समर्थनमा हात उठाए

जब प्रचण्डले कुलमानको कुरा निकाले, कान्छारामले समर्थनमा हात उठाए

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १४:३२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउन सरकारले महिनौँसम्म मेहनत गरेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैै उनले लोकलाई नै लज्जित पार्नेगरी कुलमानलाई हटाएको पनि आरोप लगाए। ‘सरकार गठन भएपछि तपाईंहरुको ध्यान अन्यत्रै गयो,’ कतिसम्म भने एउटा अड्डाको प्रमुख हटाउन तपाईंहले दर्जनबढी निर्णय गर्नुभयो। महिनौँसम्म मेहनत गर्नुभयो। एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्नेगरी कुलमान घिसिङलाई हटाएरै छोड्नुभयो।’

जब प्रचण्डले कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई निष्काशन गरेको टिप्पणी गरे, त्यसपछि हालै ऊर्जाराज्यमन्त्रीबाट बर्खास्त भएका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले समर्थनमा टेबुल बजाउन हातमाथि उठाए तर बजाएनन्।

‘ठूलो बहादुरी गनुृभयो, कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निस्किासित गर्ने ठाउँमा पुर्‍याउनुभयो,’ प्रचण्डको भनाइ छ,‘बिजुलीको अबौं वक्यौता नतिर्नेलाई खुसी पार्नुभयो तर त्यहीनेर ५ लाख भूमिहीन सुकुम्बासीलाई स्वामित्व दिने चिन्ता तपाईंहरुलाई पलाएन।’

प्रचण्डले यसो भन्दै गर्दा छान्छारामतिर क्यामेरा फोसक भए। अनि, त्यतिनै बेला उनले हात माथि उठाए।  हात तल र माथि हल्लाए तर टेबुल बजाउन भने बजाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad