राजनीति


नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साह दिन सकेन : प्रचण्ड

नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साह दिन सकेन : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १३:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साहित गर्न नसकेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका सांसदको बेच्नमा देखिएको मौनताले नै यसबारे धेरै कुरा प्रष्ट पार्ने समेत जिकिर गरे।

‘राष्ट्रपतिले आगामी वर्षका नीति तथा कार्यक्रम बाचन गरिरहँदा सत्तारुढ दलका सांसदको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरेको छ,’ प्रचण्डको भनाइ छ,‘सांसदहरुले किन टेबल नबजाएको भन्दै सम्माननीय प्रधानमन्त्रीले आफ्नै सांसदहरुसँग गरेको दुखेसो र नीति तथा कार्यक्रमलाई सर्मथन गर्न पटक–पटक दिएको निर्देशनले नै प्रष्ट पारेको छ।’

आफ्नै सांसदलाई उत्साह दिन नसक्ने नीति तथा कार्यक्रमले जनतालाई सन्तुष्टि दिनै नसक्ने उनको भनाइ छ। ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’ प्रचण्डले भने, ‘छलफलमा नजाँदै देखिएका यी परिदृयहरुले यी नीति तथा कार्यक्रम कसका लागि र कस्तो आएछ भन्ने अनुमान गर्न सकिन्छ।’ 

सरकारले परम्परा धान्न र औपचारिकता पुरा गर्न मात्रै नीति तथा ल्याएकोको उनले आरोप समेत लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad