राजनीति


सरकारमा जाने रुचि छैन, अब नयाँ आन्दोलनमा जाने हो : प्रचण्ड

सरकारमा जाने रुचि छैन, अब नयाँ आन्दोलनमा जाने हो : प्रचण्ड

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १६:२२, काठमाडौँ


पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पारेका छन्।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको जिकिर गरे।

‘हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन,’ प्रचण्डले भने, ‘हामी जनतासँगै ठिक छौँ। हामी हाम्रो वर्गसँगै ठिक छौँ। तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनुहोला।’

उनले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे। ‘हामी आन्दोलनद्वारा फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौँ,’ प्रचण्डको भनाइ छ, ‘मैले तपाईंहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडि आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ।’ 

माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको भन्दै उनले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad