राजनीति


पार्टी एकता रोक्न संरक्षक चौधरीलाई पक्राउ गरियो : प्रवक्ता यादव

पार्टी एकता रोक्न संरक्षक चौधरीलाई पक्राउ गरियो : प्रवक्ता यादव

तस्बिर: सौगात दाहाल


नेपालखबर
बैशाख १७, २०८२ बुधबार १४:५२, काठमाडौँ

नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी एकता हुन नदिन पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले पक्राउ गरेको आरोप लगाएका छन्।

बुधबार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानबाट संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पहिचानवादी शक्तिहरुबीच एकता नहोस् भन्ने शक्तिले एकता प्रक्रिया बिथोल्न खोजेको दाबी गरे। 


‘एकीकरण हुन नदिनलाई यो कार्य गरिएको भनेर बुझेका छौँ,’ यादवले भने, ‘यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठूलो शक्ति गएको छ। हामीले यसको भत्र्सना पनि गछौँ।’

त्यस्तै जनमत पार्टीका उपाध्यक्ष खब्दुल खानले चौधरी पक्राउको विरोध गरे। ‘कुनैपनि प्रक्रिया पुरा नगरेर एउटा संरक्षकलाई एउटा पार्टीको नेतालाई त्यो पनि दुईटा पार्टीको पूर्व र पश्चिमबाट उदाएका दुई वटा शक्तिहरुलाई एकजुट हुँदाखेरि यसरी समातिनु वास्तवमा दुर्घटनामुलक कुरा हो। सरकारको यो कदमको म निन्दा र घोर भत्सर्ना गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad