राजनीति


न्युयोर्कमा सामान्य प्रशासनमन्त्री गुप्ताले भने : आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ

न्युयोर्कमा सामान्य प्रशासनमन्त्री गुप्ताले भने : आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १४:३३,

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताएका छन्।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको चौविसौँ सत्रमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री गुप्ताले उक्त कुरा बताएका हुन्।

सम्मेलनमा मन्त्री गुप्ताले विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए। 

भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध पक्षका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्य गर्नेबारे कुराकानी भएको उनले बताए।

मञ्चको चौविसौँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाका विषयमा छलफल भएको थियो।

साथै, संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घको प्रणालीभित्र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा भएका अभ्यासको पहिचान र चुनौतीबारे मन्त्री गुप्ताले सम्बोधन गर्ने कार्यक्रम छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad