राजनीति


प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो

प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १४:२७, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं प्रमुखप्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको टिप्प्णी गरेका छन्। 

मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार शिक्षका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरुलाई अपमानित गर्न लागेको आरोप समेत लगाए। 

‘यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ,’ प्रचण्डले भने, ‘हजारौं र लाखौं शिक्षक सडकमा छन्। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने। तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ। लाखौं शिक्षक र देशभरीका विद्यालयहरु संकटमा छन्।’

सरकारले शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर गम्भीररुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिएका छन्। ‘सरकारले आम शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर तुरुन्तै गम्भीर ढंगले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्,’ प्रचण्डको भनाइ छ, ‘शिक्षकहरुको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पुर्‍याएको छु। उप समितिमा छलफल छ। त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरुसँग किन कुरा गरिँदैन? किन शिक्षकहरुलाई अपमानित गरिन्छ?'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad