नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती ऐन बनाउन भएको ढिलासुस्तीबारे संसदीय समितिमा आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भइरहेको ढिलासुस्ती भएकोमा ध्यानाकर्षण गराएका हुन्।
‘संविधान बनाउनभन्दा बढी समय निजामती ऐन बनाउन लाग्यो,' उनले भने, 'यो ठिक भइरहेको छैन। अब धेरै समयसम्म समितिमा राख्न हुँदैन।'
निजामती सेवासम्बन्धी विधेयक २०८० फागुन २१ गतेदेखि संघीय संसद्मा विचाराधीन छ। संसद्ले ०८१ जेठ १५ गतेदेखि दफावार छलफलमा समितिमा पठाएको थियो। थानीले कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने सुझाव दिए।
विधेयकमा सांसदहरूबीच कुलिङ पिरियड कति समय राख्ने, पेन्सन अवधि कति समय राख्ने भन्नेबारे एकमत हुन सकेनेको छैन।
Shares

प्रतिक्रिया