राजनीति


संविधान विरोधी गतिविधि स्वीकार्य हुँदैन: गृहमन्त्री लेखक

संविधान विरोधी गतिविधि स्वीकार्य हुँदैन: गृहमन्त्री लेखक

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १२:२६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताएका हुन्।  

वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्रप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए।

वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ। नेपालमा सात दशककको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए।

संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे।

संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले बर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समिक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने उनले बताए। 

पछिल्ला वर्षमा लागु औषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रुपमा देखा परेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर कृयाशिल रहेको बताए। 

सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको बताउँदै उनले जनतालाई सेवा दिने कुरामा कुनै किसिमको कसर बाँकी नराख्न आग्रह गरे।

जिल्लास्थित जिल्ला प्रशासन कार्यालय संघको प्रतिनिधि रहेको उल्लेख गर्दै यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन कृयाशील हुनुपर्ने आवश्यकता औंल्याए। सेवालाई नागरिक मैत्री तथा प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने उनले भनाइ छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमीलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरेको बताए।  

बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिरेको उनले बताए। प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको उनको भनाइ छ।

गत वर्ष कोरला नाका सञ्चालनसमेत गरिएको बताउँदै उनले त्यसलाई थप व्यवस्थित गर्दै अघि लैजानुपर्ने आवश्यकता औंल्याए। 

सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ। मन्त्री लेखकले आजै संघ मातहत रहेको आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए।

गण्डकी प्रदेशमा आपतकालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपतकालीन गोदाम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दामेबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad