राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।
पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरूलाई बिहीबार भेट गर्दै थापाले यस्तो धारणा राखेका हुन्।
‘अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति ऐक्यबद्धता जनाउन आज हामी पोखरा आइपुगेका छौं,’ थापाले भने।
पक्राउ परेकाहरू कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन्।
बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा धवलशमशेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनीन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाइ हुनुपर्ने थापाको जिकिर छ।
21
Shares

प्रतिक्रिया