मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले १२ दिन भइसक्दासम्म पनि सार्थक वार्तासम्म गर्ननसक्नु सरकारको अयोग्यता र गैरजिम्मवारीको नमुना भएको आरोप लगाएका छन्।
‘शिक्षक महासंघले विगतमा विभिन्न समयमा सरकारसंग गरेका सहमति कार्यान्वयन नभएको र हाल विद्यार्थीको परीक्षाफल प्रकाशित गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरू हुने बेला शिक्षकहरूको सडक आन्दोलन भएको १२ दिन भइसक्दा पनि सरकारले सार्थक वार्ता सम्म गर्ननसक्नु अयोग्यता र गैरजिम्मवारीको नमुना हो,’ रावलले फेसबुकमा लेखेका छन्।
शैक्षिक वातावरण अस्तब्यस्त भए त्यसको परिणाम देशको लागि हानिकारक हुने भन्दै उनले सरकारलाई सचेत समेत गराएका छन्। रावलले भनेका छन्, ‘यसै त विदेशिने युवाको लर्को छ। नयाँ शैक्षिक सत्र सुरू हुने बेला विद्यालय शैक्षिक वातावरण अस्तब्यस्त भएपछि त्यसको परिणाम देशको लागि हानिकारक हुन्छ भन्ने गठबन्धन सरकारलाई हेक्का छ कि छैन? तुरून्त वार्ता गरी समस्याको समाधान हुनुपर्छ।'
Shares

प्रतिक्रिया