राजनीति


ज्ञानेन्द्र नै तीनकुने घटनाका मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : पोखरेल

ज्ञानेन्द्र नै तीनकुने घटनाका मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : पोखरेल

नेपालखबर
चैत ३०, २०८१ शनिबार १९:४५, पोखरा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन्।

‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो,’एमाले कास्कीले शनिबार पोखरामा आयोजना गरेको जागरण सभामा बोल्दै उनले भने,‘त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए, जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन र कारवाही हुन्छ।’

उनले अराजकतावादलाई सघाउने र मलजल गर्ने कार्यले देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले घटनाको छानबिन गरेर दोषीलाई सजाय दिनुपर्ने उनको भनाइ थियो।

‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौँ,’ उनले थपे।  

उनले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने पनि बताए। राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले दाबी गरे।

‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के हो? हिजो २५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौँ,’उनले भने,‘हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ।’

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उनले ‘म्याजिक नम्बर’मार्फत् अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad