शसस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेको बताएका हुन्। उनले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन श्रोत उपलब्ध गराउन नामहरुको सूचि दिएपनि पूरा हुन नसकेको दाबी गरे।
उनले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गरे। उनले प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबैकुरा समेट्न जरुरी रहेको बताए। प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गरे।
उनले भने, ‘गृह मन्त्रालयले प्रहरीलाई सामानहरु वर्षौं वर्ष भइसक्यो दिनुपर्छ भनेको। भएको छैन। सुरक्षा राष्ट्रको प्रायोरिटीमा पर्नुपर्छ। त्यो पर्नको लागि अहिले मैले अनुरोध गरेको किन हो भने अहिले बजेटको समय आएको छ। व्यक्तिगत इन्टेन्सनले कुनै पनि कमी, कमजोरी भएको छैन। टेक्नोलोजीकल कारणले, साधन श्रोतको कारणले धेरै कुरा भने जस्तो गर्न सकेको छैन। त्यसले गर्दा धेरै कुरामा समस्या अउने हुन्छ। त्यो अवस्थामा हाम्रो मान्छेहरु पूर्ण रुपमा काम गर्न सक्दैन।’
महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गरे।
Shares

प्रतिक्रिया