सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन्। आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएका सौर्य एयरलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे।
‘उक्त जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन। दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन्। उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु,’ उनले भने।
सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्। रासस
207
Shares

प्रतिक्रिया