राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक जारी छ। बैठक आज अपराह्न ४ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा अघिल्ला बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिबारे छलफल भइरहेको उनको भनाइ छ।
उनका अनुसार बैठकमा पार्टीको आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधिसहितका विषयमा पनि छलफल हुनेछ।
276
Shares

प्रतिक्रिया